ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको साधारणसभा आज

काठमाडौं। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूले साधारणसभा आज गर्दैछन् । यी दुबै बैंक मर्जरमा जाँदैछन् । मर्जरकै विषयमा छलफलको लागि साधारण सभा बोलाएका हुन् ।
ग्लोबल आइएमईको सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे साधारणसभा गर्दैछन् भने बैंक अफ काठमान्डूको सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे सुरु गर्दैछन् ।
साधरणसभाले सभाले मर्जर प्रयोजनको लागि स्वाप रेसियो प्रस्ताव पनि पारित गर्ने कार्यक्रम छ । दुवै बैंक १:१ अनुपातमा मर्ज हुन थालेका हुन् ।
सभावमा दुबै बैंक मर्जमा गएपछि बैंकको नाम ग्लोबल आइएमई बीओके बैंक राख्ने, दुवै बैंकको लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुँदैछ ।
ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको मंसिर २० गतेदेखि सेयर कारोबार फुकुवा भएको छ । दुवै बैंकको असार २ गतेदेखि सेयर कारोबार रोक्का भएको थियो ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया