भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै

काठमाडाैं । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई बुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाइने गरिन्छ ।
सन् २००३ मा संयुक्त राष्ट्र सङ्घको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रूपमा मान्यता दिएको हो ।
दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक तीनवटै उपायहरूलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक रहेको बताएका छन् ।
देउवाले सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै जाने प्रतिबद्धता पनि जनाएका छन् ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले पनि शुभकामना सन्देश भ्रष्टाचार बहुआयामिक र जटिल विषय बनेकाले यसको रोकथामका लागि सबैको सहयोगको अपेक्षा गरेको जनाएका छन् ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया