भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै
काठमाडाैं । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई बुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाइने गरिन्छ ।
सन् २००३ मा संयुक्त राष्ट्र सङ्घको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रूपमा मान्यता दिएको हो ।
दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक तीनवटै उपायहरूलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक रहेको बताएका छन् ।
देउवाले सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै जाने प्रतिबद्धता पनि जनाएका छन् ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले पनि शुभकामना सन्देश भ्रष्टाचार बहुआयामिक र जटिल विषय बनेकाले यसको रोकथामका लागि सबैको सहयोगको अपेक्षा गरेको जनाएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया