NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

निकुञ्ज आसपासका किसानमा बाली जोगाउन चिन्ता

नवलपुर । राष्ट्रिय निकुञ्जमा पाईने वन्यजन्तुकै कारण पर्यटन व्यवसाय फस्टाए पनि किसान भने बाली जोगाउने चिन्तामा छन् । राष्ट्रिय निकुञ्जमा पाइने वन्यजन्तुकै कारण पर्यटन व्यवसाय फस्टाए पनि किसान भने बालीनाली कसरी जोगाउने चिन्तामा छन् ।

खेति लगाए पनि वन्यजन्तुबाट जोगाउन मुस्किल पर्ने भएपछि दुई वर्षदेखि चार कठ्ठा बारी बाँझै राखिएको स्थानीयवासीको भनाइ छ । करेसा बारीमा लगाएको तरकारी समेत निकुञ्जमा रहेका गैँडाले नष्ट गरिदिने गरेको छ । खेतबारीमा तारबार लगाउँदा समेत बाली जोगाउन सकिएको छैन ।

चितवन राष्ट्रिय निकुञ्जमा हाल ६ सय ९४ वटा गैँडा, १ सय २८ वटा बाघ र ४५ वटा हात्ती छन् । जरायो, बँदेल, चितुवा, बाँदर, मयुर लगाएतका जनावर पनि उल्लेख्य छन् । यीनै जनावर निकुञ्ज आसपासका बस्तीमा आउँछन् र किसानलाई दुख दिन्छन् । निकुञ्जले जनावर बाहिर आउन नदिने गरी तारजाली गरिदिनुपर्ने किसानहरुको माग छ ।

पछिल्लो दुई महिनाको अवधिमा मात्र सय भन्दा बढी किसान जङ्गली जनावरले बालिनाली नष्ट गरेको निवेदन लिएर चितवन राष्ट्रिय निकुञ्जको कार्यालय गएका छन् । किसानलाई राहतसँगै जनावर बस्तीमा जान नदिनका लागि निकुञ्जले विभिन्न काम गरिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका कार्यालय प्रमुख बाबुराम लामिछानेले जानकारी दिए ।

निकुञ्जमा जनावरको सङ्ख्या बढ्नु प्रकृति र प्रर्यटकीय हिसाबले राम्रो मानिए पनि जनावरका कारण बालिनालीमा पुग्ने क्षतिबाट भने सौराहा आसपासका किसान हैरान छन् । सरकारबाट समेत उचित क्षतिपूर्ति समेत नपाएको किसानहरुको भनाइ छ ।