मस्कोको सपिङ मलमा आगलागी, एकको मृत्यु
एजेन्सी । रुसको मस्को क्षेत्रको खिम्की सहरमा रहेको एउटा सपिङ मलमा शुक्रबार भएको आगलागीमा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मस्को क्षेत्रमा अग्निनियन्त्रकहरूले सात हजार वर्ग मिटर क्षेत्रफल ओगटेको आगो निभाइरहेका रुसको आपतकालीन अवस्था मन्त्रालयले टेलिग्राममार्फत जानकारी दिएको छ ।
रुसी सञ्चार माध्यमले मस्कोको शेरेमेत्येभो एयरपोर्टबाट करिब सात किलोमिटर (चार माइल) टाढा रहेको मेगा खिम्की सपिङ मलमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको बताएको छ ।
घटनास्थलमा ७० भन्दा बढी अग्गीनियन्त्रक र २० वटा दमकलले काम गरिरहेको आकस्मिक सेवाले जनाएको छ । भवनको डिजाइनका कारण काममा बाधा पुगेको बताइएको छ ।
छत भत्किँदा आगो तुरुन्तै ठूलो क्षेत्रमा फैलिएको मस्को क्षेत्रका आपतकालीन सेवाहरूले टेलिग्राममा जनाएको छ । मानिसहरू जलिरहेको भवनबाट भागेर पार्किङ स्थलमा पुगेका सामाजिक सञ्जालमा भएका भिडियोहरूले देखाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया