मस्कोको सपिङ मलमा आगलागी, एकको मृत्यु

एजेन्सी । रुसको मस्को क्षेत्रको खिम्की सहरमा रहेको एउटा सपिङ मलमा शुक्रबार भएको आगलागीमा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मस्को क्षेत्रमा अग्निनियन्त्रकहरूले सात हजार वर्ग मिटर क्षेत्रफल ओगटेको आगो निभाइरहेका रुसको आपतकालीन अवस्था मन्त्रालयले टेलिग्राममार्फत जानकारी दिएको छ ।
रुसी सञ्चार माध्यमले मस्कोको शेरेमेत्येभो एयरपोर्टबाट करिब सात किलोमिटर (चार माइल) टाढा रहेको मेगा खिम्की सपिङ मलमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको बताएको छ ।
घटनास्थलमा ७० भन्दा बढी अग्गीनियन्त्रक र २० वटा दमकलले काम गरिरहेको आकस्मिक सेवाले जनाएको छ । भवनको डिजाइनका कारण काममा बाधा पुगेको बताइएको छ ।
छत भत्किँदा आगो तुरुन्तै ठूलो क्षेत्रमा फैलिएको मस्को क्षेत्रका आपतकालीन सेवाहरूले टेलिग्राममा जनाएको छ । मानिसहरू जलिरहेको भवनबाट भागेर पार्किङ स्थलमा पुगेका सामाजिक सञ्जालमा भएका भिडियोहरूले देखाएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया