लुम्बिनी प्रदेशसभा दोस्रो कार्यकालको पहिलो बैठक दाङमै गराउन तयारी तीव्र

दाङ । लुम्बिनी प्रदेशको दोस्रो कार्यकालको पहिलो बैठक दाङमै गर्ने तयारी तीव्रताका साथ भईरहेको छ ।
नव निर्वाचित प्रदेश सांसद र लुम्बिनी प्रदेश सरकारको नयाँ बन्ने मन्त्री मण्डललाई दाङ देउखुरीमै शपथ खुवाउने तयारी पनि सँगसँगै अगाडी बढाइएको छ ।
भर्खरै मात्रै सारिएको मुख्य मन्त्रीको कार्यालयले त्यसलाई व्यवस्थापनको काम गरिरहेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठक कक्ष, प्रदेशका अन्य प्रशासनिक केन्द्र, मुख्यमन्त्रीको निवास अहिलेसम्म दाङको देउखुरीमा तयार भइसकेको छ ।
पहिलो कार्यकाल प्रदेशको अस्थायी केन्द्र बुटवलबाटै भएको भए पनि यो कार्यकाल स्थायी राजधानी दाङबाट गर्ने गरी तयारी तीव्र पारिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया