थ्रेस होल्ड कटाएका चार दलले प्रदेशमा कुनै सिट पाएनन्
काठमाडाैं । प्रदेशसभा निर्वाचनको समानूपातिक तर्फ १ दशमलब ५ प्रतिशत मत अर्थात थ्रेस होल्ड कटाएका दल समानुपातिक सिट बाँडफाटका लागि योग्य हुने भएपनि प्रदेशमा थ्रेस होल्ड कटाएका चार दलले कुनै सिट पाएका छैनन् ।
गण्डकी प्रदेशमा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले थ्रेसहोल्ड कटाएको थियो भने कर्णालीमा नेपाल मजदुर किसान पार्टीले थ्रेसहोल्ड कटाएर पनि समानूपातिक सिट पाउन सकेन ।
आयोगका अनुसार थ्रेसहोल्ड कटाए पनि सेन्टलग विधिबाट सिट निर्धारण गर्दा उनिहरूले सिट नपाएको प्रवक्ता गुरू प्रसाद वाग्लेले बताए । तर, सङ्घीय तहमा १ सय १० सिट बाँडफाँट गर्दा ३ प्रतिशतको थ्रेसहोल्ड कट्नासाथ ३/४ सिट पाउने अवस्था रहने आयोगले जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया