हिउँदमा यी क्षेत्रमा अधिकतम तापक्रममा बढी हुने
काठमाडौं । वर्षा नै कम हुने भएपछि मुलुकका धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम पनि औसतभन्दा बढी हुने प्रक्षेपण गरिएको छ ।
विभागका अनुसार कर्णालीका हुम्ला र मुगुका पश्चिमी भूभाग र सुदूरपश्चिमका बाजुरामा अधिकतम तापक्रम सरदरभन्दा धेरै हुने सम्भावना छ ।
त्यस्तै, प्रदेश १ को सोलुखुम्बु तथा इलाम, झापा, मोरङ र सुनसरीका दक्षिणी जिल्ला बागमतीका काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर र चितवन र मधेसका पर्सा तथा सप्तरीमा अधिकतम तापक्रम औसतभन्दा धेरै हुने देखिन्छ ।
विभागका अनुसार गण्डीका उत्तरपूर्वीबाहेकका अधिकांश जिल्ला लुम्बिनीका अधिकांश क्षेत्र, कर्णालीका पूर्वी तथा उत्तरी क्षेत्रमा पनि अधिकतम तापक्रम बढी हुने देखिन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया