नोभेम्बरमा श्रीलङ्काको विदेशी मुद्रामा वृद्धि
एजेन्सी । विदेशमा रहेका श्रीलङ्काली कामदारले पठाएको विप्रेषण सन् २०२२ को नोभेम्बरमा बढेर ३८ करोड ४४ लाख अमेरिकी डलर पुगेको छ ।
श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२२ को नोभेम्बरमा श्रीलङ्काका विदेशमा रहेका नागरिकले पठाएको विदेशी मुद्रा बृद्धि भएको पुष्टि गरेको छ ।
सन् २०२२ को पहिलो ११ महिनामा भित्रिएको कूल विप्रेषण ३३ खर्ब १३ अर्ब डलर रहेको छ । यो सन् २०२१ को सोही अवधिको तुलनामा ३५.९ प्रतिशतले कमी हो ।
मौद्रिक नीति र प्रणालीप्रतिको बढ्दो विश्वासका कारण पछिल्ला केही महिनामा विदेशी विप्रेषणमा निरन्तर वृद्धि भएको सीबीएसएलले जनाएको छ ।
श्रीलङ्काको आधिकारिक सञ्चित सम्पत्ति १.८ अर्ब डलर रहेको छ । त्यसमध्ये १.७ अर्ब डलर सन् २०२२ को पहिलो ११ महिना अर्थात् (नोभेम्बरको अन्त्य) सम्ममा जम्मा भएको विदेशी मुद्रा सञ्चिति हो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया