वायुसेवा निगमले चिनियाँ जहाज लिलाम गर्ने

काठमाडाैं । नेपाल वायुसेवा निगमले पाँच वटा चिनियाँ जहाजलाई लिलाम बिक्री गर्ने भएको छ ।
ती जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ महिनादेखि ग्राउन्डेडमा रहेका जहाज निगमले लिलामी गर्न लागेको हो ।
जहाल भाडामा चलाउन कुनै पनि व्यावसायिक संस्था इच्छुक नभएको भन्दै निगमले लिलामीका लागि सूचना निकालेको हो ।
अहिले ती विमान अन्तराष्ट्रिय विमानस्थलको ‘रिमोट पार्किङ वे’मा थन्काइएको छ ।
निगमले निकालेको सुचनामा ‘जहाजलाई भाडामा सञ्चालन गर्न कुनै पनि स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले इच्छा नदेखाएकाले अर्थ मन्त्रालयको रायअनुसार लिलाममार्फत बिक्री गर्न मूल्यांकनको सूचना निकालेको’ उल्लेख छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया