कर्णालीमा डोजर खस्दा ३ को मृत्यु, ३ बेपत्ता
कालिकाेट । कर्णाली करिडोरको कालीकोट खण्डमा डोजर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
२ को घटनास्थलमै र १ को उपचारको क्रममा ज्यान गएको हो । त्यस्तै २ जनाको मान्म अस्पतालमा उपचार भइरहेको छ भने ३ जना भने अझै बेपत्ता छन् ।
मृत्यु हुनेमा सान्नीत्रिवेणी १ का १७ वर्षका चरित्र विक र १४ वर्षका युवराज बुढाको घटनास्थलमै मृत्यु भएके जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । त्यस्तै उपचारका कालीकोटको रास्कोट ७ का २२ वर्षका मिलन शाहीको मृत्यु भएको छ ।
कर्णाली करिडोरमा पर्ने सान्नीत्रिवेणी १ लुसा भीरबाट कर्णाली नदीमा डोजर खस्दा डोजर चालक कैलालीका २२ वर्षका कमल सोडारी, सान्नीत्रिवेणी १ का १९ वर्षका उमेश गिरी र १४ वर्षका रक्तिम विक बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
नदीमा डुबेको डोजरमै उनीहरू च्यापिएको हुनसक्ने अनुमानमा डोजर निकाल्ने प्रयास भइरहेको प्रहरी निरीक्षक सुभराज बमले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका खाडाचक्र ११ बरातुका विकाश भारती र आशिष भारतीको भने जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ ।प्रहरीका अनुसार डोजरमा ८ जना सवार थिए । उनिहरु सुरुङ्मा नुहाएर फर्कदैँ गर्दा उक्त दुर्घटना भएको हो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया