कर्णालीमा डोजर खस्दा ३ को मृत्यु, ३ बेपत्ता
कालिकाेट । कर्णाली करिडोरको कालीकोट खण्डमा डोजर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
२ को घटनास्थलमै र १ को उपचारको क्रममा ज्यान गएको हो । त्यस्तै २ जनाको मान्म अस्पतालमा उपचार भइरहेको छ भने ३ जना भने अझै बेपत्ता छन् ।
मृत्यु हुनेमा सान्नीत्रिवेणी १ का १७ वर्षका चरित्र विक र १४ वर्षका युवराज बुढाको घटनास्थलमै मृत्यु भएके जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । त्यस्तै उपचारका कालीकोटको रास्कोट ७ का २२ वर्षका मिलन शाहीको मृत्यु भएको छ ।
कर्णाली करिडोरमा पर्ने सान्नीत्रिवेणी १ लुसा भीरबाट कर्णाली नदीमा डोजर खस्दा डोजर चालक कैलालीका २२ वर्षका कमल सोडारी, सान्नीत्रिवेणी १ का १९ वर्षका उमेश गिरी र १४ वर्षका रक्तिम विक बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
नदीमा डुबेको डोजरमै उनीहरू च्यापिएको हुनसक्ने अनुमानमा डोजर निकाल्ने प्रयास भइरहेको प्रहरी निरीक्षक सुभराज बमले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका खाडाचक्र ११ बरातुका विकाश भारती र आशिष भारतीको भने जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ ।प्रहरीका अनुसार डोजरमा ८ जना सवार थिए । उनिहरु सुरुङ्मा नुहाएर फर्कदैँ गर्दा उक्त दुर्घटना भएको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया