जाडोमा किन हुन्छ कपाल झर्ने समस्या ?

काठमाडौं । कपाल झर्नु आम समस्या भए पनि जाडोमा यसले अलि बढी दु:ख दिइरहेको हुन्छ । जाडोमा मौसम चिसो र सुख्खा हुँदा कपाल धेरै दुख्ने गर्छ।
हामी चिसाेमा नुहाउन तातो पानी प्रयोग गर्छाैं यसले पनि कपाललाइ सुख्खा बनाउँछ । यस्तो अवस्थामा कपाल झर्न थाल्छ । यसका साथसाथै टुक्रा टुक्रा हुने र डन्डीफोरको समस्या पनि बढ्न जान्छ । जाडोमा टाउकोको छाला सुक्खा हुनबाट बचाउँन हप्तामा एक वा दुई पटक कपाल र टाउकोमा तातो नरिवलको तेल लगाउने गर्नुहोस् यसले टाउकोमा नमरमता ल्याइ राख्छ ।
त्यस्तै, कपालमा केमिकल युक्त स्याम्पु तथा कन्डिसनरको प्रयोग नगर्नुहोस् । कपालमा चाँया छ भने प्रशस्त पानी पिउनुहोस् । एक गिलास पानीमा एक कागतीको रस मिसाएर बिहान पिउने बानी गर्नाले पनि कपाल झर्न कम हुन्छ ।
यसबाहेक फलफूल, सलाद, हरियो सागसब्जी, सागसब्जी र दहीलाई आहारमा समावेश गर्नुहोस्। तनावबाट बच्ने प्रयास गर्नुहोस्। दैनिक योग, र व्यायाम गर्नुहोस्, यसर तनाव कम गर्न र कपाल झर्ने समस्याबाट टाढा राख्न मद्दत गर्दछ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया