जाडोमा किन हुन्छ कपाल झर्ने समस्या ?
काठमाडौं । कपाल झर्नु आम समस्या भए पनि जाडोमा यसले अलि बढी दु:ख दिइरहेको हुन्छ । जाडोमा मौसम चिसो र सुख्खा हुँदा कपाल धेरै दुख्ने गर्छ।
हामी चिसाेमा नुहाउन तातो पानी प्रयोग गर्छाैं यसले पनि कपाललाइ सुख्खा बनाउँछ । यस्तो अवस्थामा कपाल झर्न थाल्छ । यसका साथसाथै टुक्रा टुक्रा हुने र डन्डीफोरको समस्या पनि बढ्न जान्छ । जाडोमा टाउकोको छाला सुक्खा हुनबाट बचाउँन हप्तामा एक वा दुई पटक कपाल र टाउकोमा तातो नरिवलको तेल लगाउने गर्नुहोस् यसले टाउकोमा नमरमता ल्याइ राख्छ ।
त्यस्तै, कपालमा केमिकल युक्त स्याम्पु तथा कन्डिसनरको प्रयोग नगर्नुहोस् । कपालमा चाँया छ भने प्रशस्त पानी पिउनुहोस् । एक गिलास पानीमा एक कागतीको रस मिसाएर बिहान पिउने बानी गर्नाले पनि कपाल झर्न कम हुन्छ ।
यसबाहेक फलफूल, सलाद, हरियो सागसब्जी, सागसब्जी र दहीलाई आहारमा समावेश गर्नुहोस्। तनावबाट बच्ने प्रयास गर्नुहोस्। दैनिक योग, र व्यायाम गर्नुहोस्, यसर तनाव कम गर्न र कपाल झर्ने समस्याबाट टाढा राख्न मद्दत गर्दछ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया