औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयमा उद्योगीको तालाबन्दी
बुटवल । बुटवल औद्योगिक क्षेत्र भित्र रहेका उद्योगीहरुले आज औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयमा तालाबन्दी गरेका छन् ।
उद्योगीहरुले आज विहान १० बजे कालो व्यानर सहित व्यवस्थापन कार्यालयमा पुगेर विरोध प्रदर्शन गर्दै कार्यालय प्रमुखको कार्यकक्षमै ताला लगाएका हुन ।
एकलौटी रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले ७ सय देखी ८ सय प्रतिशत भाडा भाडा वृद्धि गरेको भन्दै भाडा खारेजीको माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन ।
अहिले बढाएको भाडा आफुहरु तिर्न सक्ने अवस्थामा नरहेको भन्दै तत्काल उक्त निर्णय र्फिता गर्न उनिहरुले माग गरेका छन् ।
उद्योगीहरुको संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रुपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा उनिहरु आन्दोलनमा उत्रिएका हुन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया