NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ६८ प्रतिशत उत्तीर्ण

काठमाडाैं । नेपाल फार्मेसी परिषद्ले हिजो लिएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत उत्तीर्ण भएका छन् ।

दिउसो १ बजे देखि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको परीक्षामा कुल १ हजार ४१४ जना सहभागी भएका थिए । त्यसमध्ये ९ सय ६७ जना उतिर्ण भएका छन् ।

जुन कुल परिक्षार्थिको ६८ दशमलब ३८ प्रतिशत उत्तीर्ण भएको परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेले जानकारी दिए । पछिल्लो समय परिषद्ले परीक्षालाई मर्यादित बनाउन औला र अनुहारको स्क्यान गर्ने गरी बायोमेट्रिक सिस्टम लागू गरेको छ ।