NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

फिफा विश्वकप : सेमिफाइनलमा नयाँ बल प्रयोग हुने

काठमाडौं । कतार विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नयाँ बल प्रयोग हुने भएको छ । फिफाले सेमिफाइनल र फाइनलमा अल हिल्म नामको बल खेलाउने भएको हो ।

विश्वकपको लागि फिफाले एडिडासँग सम्झौता गरेको छ । सम्झौताअनुसारै पहिलो चरणदेखि क्वार्टरफाइनलसम्म ‘अल रिहला’ नामको बल प्रयोग भएको थियो । फिफा र एडिडासले आइतबार एक क्रार्यक्रमबीच अल रिहला नामको बल सार्वजनिक गरेको छ । आरबी भाषामा अल रिहलाको अर्थ यात्रा हो ।

यसैगरी, अल हिल्मको अर्थ सपना हो । सेमिफाइनलमा खेलाउने बलमा पनि सेन्सर राखिएको छ । यसमा क्नेक्टेड बल टेक्नोलोजीको प्रयोग गरिएको छ । कनेक्टेड बलको सहयोगमा रेफ्रीलाई निर्णय लिन निकै मद्त गरेको आयोजकको भनाइ छ । ‘अल हिल्म’ बलको डिजाइन सुनौलो रङको छ ।

बलमा त्रिकोणात्मक आकारमा दोहा र वरपरको मरुभूमि देखाइएको छ । फिफा, विश्वकप र कतारको राष्ट्रिय झण्डाको रुवरुप बलमा रङ प्रयोग गरिएको छ ।

सेमिफाइनल खेल मंगलबार र बुधबार हुनेछन् । मंगलबार राति १२ ४५ मा पहिलो सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । दास्रो सेमिफाइनल बुधबार राति १२ ४५ मा सबिक विजेता फ्रान्स र मोरक्ककोबीच हुनेछ । (नयाँ पत्रिका दैनिकबाट)