फिफा विश्वकप : सेमिफाइनलमा नयाँ बल प्रयोग हुने
काठमाडौं । कतार विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नयाँ बल प्रयोग हुने भएको छ । फिफाले सेमिफाइनल र फाइनलमा अल हिल्म नामको बल खेलाउने भएको हो ।
विश्वकपको लागि फिफाले एडिडासँग सम्झौता गरेको छ । सम्झौताअनुसारै पहिलो चरणदेखि क्वार्टरफाइनलसम्म ‘अल रिहला’ नामको बल प्रयोग भएको थियो । फिफा र एडिडासले आइतबार एक क्रार्यक्रमबीच अल रिहला नामको बल सार्वजनिक गरेको छ । आरबी भाषामा अल रिहलाको अर्थ यात्रा हो ।
यसैगरी, अल हिल्मको अर्थ सपना हो । सेमिफाइनलमा खेलाउने बलमा पनि सेन्सर राखिएको छ । यसमा क्नेक्टेड बल टेक्नोलोजीको प्रयोग गरिएको छ । कनेक्टेड बलको सहयोगमा रेफ्रीलाई निर्णय लिन निकै मद्त गरेको आयोजकको भनाइ छ । ‘अल हिल्म’ बलको डिजाइन सुनौलो रङको छ ।
बलमा त्रिकोणात्मक आकारमा दोहा र वरपरको मरुभूमि देखाइएको छ । फिफा, विश्वकप र कतारको राष्ट्रिय झण्डाको रुवरुप बलमा रङ प्रयोग गरिएको छ ।
सेमिफाइनल खेल मंगलबार र बुधबार हुनेछन् । मंगलबार राति १२ ४५ मा पहिलो सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । दास्रो सेमिफाइनल बुधबार राति १२ ४५ मा सबिक विजेता फ्रान्स र मोरक्ककोबीच हुनेछ । (नयाँ पत्रिका दैनिकबाट)
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया