प्रचण्डलाई दबाबमा राख्न देउवाले रेशम चौधरीलाई रिहाइ गरी एक तीरले दुई शिकार गरे : रिजाल
काठमाडौं । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जेलमा रहेका अपराधीलाई छुटाएर प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बनाउन लागेको आरोप लगाएका छन् ।
यसैगरी उनले माओवादीबिनै बहुमत पुर्याउने गरी प्रचण्डलाई दवाबमा राख्न चौधरीलाई रिहाइ गरेर एक तीरले दुई शिकार गर्दा संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको लज्जा उत्रिएको आरोप लगाए ।
‘सत्ताका सदाबाहार सौदागर शेरबहादुर देउवाले यसपटक जेजमा रहेका अपराधीलाई छुटाएर सरकार बनाउन लाग्नुभएको छ’, सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘माओवादीबिनै बहुमत पुर्याउने गरी प्रचण्डलाई दवाबमा राख्न रेशम चौधरीलाई रिहाइ गरेर एक तीरले दुई शिकार गर्दा संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको लज्जा उत्रिएको यसभन्दा शर्मनाक कुरा अरु के हुन्छ र ?’
इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएर, सांसद किनेर, राजाका बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाएर– जे गरेर भए पनि सत्तामा पुग्ने देउवाले विशेषज्ञता हासिल गरेको उनको टिप्पणी छ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया