NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सानिमा बैंकको दराजसंग ‘दराज १२.१२’ योजनाका लागि सहकार्य

काठमाडाैं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘Daraz 12.12’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।

योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् १ हजार रूपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम् रु १,२१२ रूपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइनेछ । छुटका लागि ग्राहकहरूले दराजको एप वा वेबसाइटबाट लगईन गरी दिउँसो २ देखि ३ बजेसम्म बैंक भौचर सङ्कलन गरी खरीद गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०७९ मंसिर २६ देखि पौष ३ गतेसम्म ७ दिनका लागि लागू हुनेछ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।