NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

रेडियो माडी आवाजको ट्रान्समिटर चोरी

 राेल्पा । रेडियो माडी आवाज रोल्पाको रिले स्टेशन भावाङको पुलवाङधुरीबाट रेडियोको मुख्य उपकरण ट्रान्समिटर चोरी भएको छ ।

हिजो राति ट्रान्समिटर चोरी भए पनि हालसम्म फेला नपरेको स्टेशन म्यानेजर बुद्धिमान ओलीले जानकारी दिए ।

प्रहरीले खोजी भइरहेको बताएको उनको भनाइ छ ।

हिजो बिहानैदेखि रेडियोको प्रशारण अवरुद्ध छ । अप्लिङ्कको सामानसमेत चोरी भएको स्टेशनम्यानेजर ओलीले बताए ।