NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

१३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

केन्द्रीय बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँ ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी पुस २६ गते परिपक्व हुनेछ । त्यस्तै  ९१ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी फागुन ३० गते परिपक्व हुनेछ ।

त्यस्तै, १८२ दिनको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० जेठ ३० गते परिपक्व हुनेछ । १ वर्षको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी मंसिर २६ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।