बाँकेमा विद्युत आपुर्तिलाई विस्तार गरिने
बाँके । बाँकेको नेपालगञ्ज तथा कोहलपुर क्षेत्रको विद्युत आपुर्तिलाई गुणस्तरीय बनाउन प्रशारण तथा वितरण प्रणालीका पूर्वाधारहरुको सञ्जाल निर्माण गरिने भएको छ ।
नेपालगञ्ज र कोहलपुर आसपासका क्षेत्रहरुमा सन् २०५० सम्म वृद्धि हुन सक्ने विद्युतको संभावित माग प्रक्षेपण गरी माग धान्ने गरी पूर्वाधार संचरना बनाउने भएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको प्राधिकरणको उच्चस्तरीय टोलीले शनिवार र आइतबार नेपालगञ्ज क्षेत्रको स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा विद्यमान प्रसार र वितरण लाइन तथा सबस्टेसनहरुको स्तरोन्नतिका लागि तत्काल प्राधिकरणले गर्नुपर्ने कामका बारेमा जानकारी लिएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया