NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

भेरी नदीको पुल निर्माण सम्झौता तोडियाे

काठमाडाैं । जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण सम्झौता तोडिएको छ ।

समयमै निर्माण नहुँदा सम्झौता भएको १० वर्ष पछि ठेक्का तोडिएको हो । पुष्पलाल ( मध्यपहाडी) सडक आयोजना अन्र्तगतको वाइपी कन्ट्रक्सन प्रालीले २०६९ सालमा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

३ वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का लिएको कन्ट्रक्सनले १० वर्ष बित्दा पनि काम पुरा नगरेको हो ।

बारम्बार ताकेता गर्दा पनि काम नगरेपछि निर्माण कम्पनीलाई कालो सुचीमा राख्न सम्बन्धित निकायलाई सिफारिस गरिएको इन्जिनियर हुमनाथ पौडेलले बताए ।

कन्ट्रक्सनले हालसम्म २३ प्रतिशत काम सपन्न गरेको र १८ प्रतिशतको भुक्तानी लिइसकेको छ ।