भेरी नदीको पुल निर्माण सम्झौता तोडियाे
काठमाडाैं । जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण सम्झौता तोडिएको छ ।
समयमै निर्माण नहुँदा सम्झौता भएको १० वर्ष पछि ठेक्का तोडिएको हो । पुष्पलाल ( मध्यपहाडी) सडक आयोजना अन्र्तगतको वाइपी कन्ट्रक्सन प्रालीले २०६९ सालमा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।
३ वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का लिएको कन्ट्रक्सनले १० वर्ष बित्दा पनि काम पुरा नगरेको हो ।
बारम्बार ताकेता गर्दा पनि काम नगरेपछि निर्माण कम्पनीलाई कालो सुचीमा राख्न सम्बन्धित निकायलाई सिफारिस गरिएको इन्जिनियर हुमनाथ पौडेलले बताए ।
कन्ट्रक्सनले हालसम्म २३ प्रतिशत काम सपन्न गरेको र १८ प्रतिशतको भुक्तानी लिइसकेको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया