चिकित्सा शिक्षा आयोगले १० कर्मचारी फिर्ता पठायो
काठमाडाैं । कामकाजमा असहयोग गरेको आरोप लगाउँदै चिकित्सा शिक्षा आयोगले १० कर्मचारीलाई फिर्ता पठाएको छ । जसमध्य ५ जना उपसचिव रहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३ र शिक्षा मन्त्रालयले खटाएका ७ गरी १० कर्मचारीको काज आयोगले फिर्ता गरेको हो । त्यसरी फिर्ता पठाएका कर्मचारीहरु मन्त्रालयमा हाजीर हुन थालेका छन् ।
शिक्षा मन्त्रालयले सदस्य सचिवको सरुवा गरेपछि आयोग र मन्त्रालयबीच द्वन्द्व चर्किएको थियो । गत भदौ २० मा आयोगका सदस्यसचिव भोजराज काफ्लेलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएका थियो भने शैक्षिक गुणस्तर परीक्षण केन्द्रका तत्कालीन सहसचिव शविकुमार सापकोटालाई काफ्लेलाई सदस्य सचिवको जिम्मेवारी दिइएको थियो ।
सदस्यसचिव सरुवामा मन्त्रालय र आयोगबीचको द्वन्द्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हस्तक्षेप गरेर समस्या थामथुम पारेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया