भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारलाई २५ लाखको पुरस्कार घोषणा गर्दैछौं : स्वर्णिम वाग्ले
काठमाडौं । भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारलाई २५ लाख रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । अर्थविद् स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत सो कुरा जानकारी दिएका छन् ।
मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारीविरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्यसहित केही चिन्तित नागरिककै पहलमा ठुलो राशीको पुरस्कार छिट्टै घोषणा गर्न लागेको उनले बताएका छन् ।
‘मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारी विरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्यसहित केही चिन्तित नागरिककै पहलमा २५ लाख रुपैयाँको पुरस्कार हामी छिट्टै घोषणा गर्दैछौं,’ वाग्लेले लेखेका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया