NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारलाई २५ लाखको पुरस्कार घोषणा गर्दैछौं  : स्वर्णिम वाग्ले

काठमाडौं । भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारलाई २५ लाख रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । अर्थविद् स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत सो कुरा जानकारी दिएका छन् ।

मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारीविरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्यसहित केही चिन्तित नागरिककै पहलमा ठुलो राशीको पुरस्कार छिट्टै घोषणा गर्न लागेको उनले बताएका छन् ।

‘मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारी विरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्यसहित केही चिन्तित नागरिककै पहलमा २५ लाख रुपैयाँको पुरस्कार हामी छिट्टै घोषणा गर्दैछौं,’ वाग्लेले लेखेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष