७ नेपाली विरुद्ध भारतीय प्रहरीमा उजुरी

काठमाडाैं । तटबन्ध निर्माणमा अबरोध गरेको भन्दै ७ नेपाली विरुद्ध भारतीय प्रहरीमा उजुरी परको छ । महाकाली नदीमा तटबन्ध निर्माणको काममा विरोध गरी कामदार माथि ढुंगामुढा गरेको भन्दै तटबन्ध निर्माण कम्पनीले ७ जना नेपाली विरुद्ध भारतीय प्रहरीमा जाहेरी दर्ता गरेका हुन् ।
भारतीय अरुण कन्सट्रक्सनका ठेकेदारले थाना कार्यालय धारचुलामा मुद्दा दायर गरेका हुन । भारत पिथौरागढ जिल्लाको धारचुला थानाप्रमुख कँवर सिंह रावतले भारतीय कानुन अनुरुप उजुरी दर्ता भएको पुष्टि गरेका छन् ।
यता दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले नेपाली विरुद्ध जाहेरी परेको विषयमा आधिकारीक जानकारी नआएको बताइन । निर्माण कम्पनीले जाहेरी दिएको अपुष्ट खबर पाएपनि आधिकारिक खबर नआएको बताइन ।
गत मंसिर १८ गते भारतीय पक्षले महाकाली नदीको बहाव नेपालतिर पर्ने गरी एकलौटी रुपमा तटबन्धन गरेको भन्दै स्थानीयले विरोध गरेका थिए ।सोही विवादमा दार्चुलामा दुइ देशका स्थानीयबीच झडप भएको थियो । झडपमा परि नेपाल तर्फका ४ र भारतीय २ जना घाइते भएका थिए ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया