निर्वाचन आयोगले आज अन्तिम परिणाम घोषणा गर्दै
काठमाडाैं । ४ मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम आज निर्वाचन आयोगले घोषणा गर्ने भएको छ । दलहरूबाट समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधि सभाका १ सय १० र प्रदेश सभाका २ सय २० उम्मेदवारको नामावली प्राप्त भइसकेकाले उनीहरूलाई निर्वाचित गरेर अन्तिम परिणाम घोषणा गर्न लागिएको हो ।
समानुपातिकतर्फ सबै दलको नामावली बन्दसूचीको क्लस्टर र प्राथमिकता क्रमअनुसार प्राप्त भएपछि आयोगले आज अन्तिम परिणाम घोषणा गर्न लागेको हो । प्रत्यक्षतर्फ भने गणना सकिएलगत्तै मुख्य निर्वाचन अधिकृतले निर्वाचन क्षेत्रमै निर्वाचित गरेर प्रमाणपत्र दिइसकेका छन् । समानुपातिकतर्फका निर्वाचित सदस्यहरूलाई मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गर्नेछन् ।
अन्तिम परिणाम घोषणा गर्न आयोगले आज दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गर्दैछ । भोलि राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ भने भोलि नै समानुपातिक तर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण गरिने छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया