निर्वाचन आयोगले आज अन्तिम परिणाम घोषणा गर्दै
काठमाडाैं । ४ मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम आज निर्वाचन आयोगले घोषणा गर्ने भएको छ । दलहरूबाट समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधि सभाका १ सय १० र प्रदेश सभाका २ सय २० उम्मेदवारको नामावली प्राप्त भइसकेकाले उनीहरूलाई निर्वाचित गरेर अन्तिम परिणाम घोषणा गर्न लागिएको हो ।
समानुपातिकतर्फ सबै दलको नामावली बन्दसूचीको क्लस्टर र प्राथमिकता क्रमअनुसार प्राप्त भएपछि आयोगले आज अन्तिम परिणाम घोषणा गर्न लागेको हो । प्रत्यक्षतर्फ भने गणना सकिएलगत्तै मुख्य निर्वाचन अधिकृतले निर्वाचन क्षेत्रमै निर्वाचित गरेर प्रमाणपत्र दिइसकेका छन् । समानुपातिकतर्फका निर्वाचित सदस्यहरूलाई मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गर्नेछन् ।
अन्तिम परिणाम घोषणा गर्न आयोगले आज दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गर्दैछ । भोलि राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ भने भोलि नै समानुपातिक तर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण गरिने छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया