राउटेलाई नागरिकता माग गर्दै सर्वोच्चमा रिट
काठमाडाैं । दैलेख लगायतका कर्णाली प्रदेशका विभिन्न जिल्लामा फिरन्ते जिवन बिताउँदै आएका राउटेलाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दैलेखलाई विपक्षी बनाइ रिट दायर गरिएको छ । राउटेहरु हाल दैलेखको नारायण नगरपालिका ८ मा १४३ जनाको संख्यामा बसोबास गरिरहेका छन् ।
नेपाल नागरिकता ऐन २०६३ को दफा ८ को उपदफा ४ र ५ एवं नेपाल नागरिकता नियमावली २०६३ को नियम ३ को उपनियम २ समेतको आधारमा राउटे जातिलाई उच्च प्राथमिकताका साथ प्रमाणपत्र वितरणको व्यवस्था मिलाउन गृह मन्त्रालयले २०७३ फाल्गुण २४ मा नै परिपत्र गरिसकेको रिटमा उल्लेख छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया