राउटेलाई नागरिकता माग गर्दै सर्वोच्चमा रिट

काठमाडाैं । दैलेख लगायतका कर्णाली प्रदेशका विभिन्न जिल्लामा फिरन्ते जिवन बिताउँदै आएका राउटेलाई नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दैलेखलाई विपक्षी बनाइ रिट दायर गरिएको छ । राउटेहरु हाल दैलेखको नारायण नगरपालिका ८ मा १४३ जनाको संख्यामा बसोबास गरिरहेका छन् ।
नेपाल नागरिकता ऐन २०६३ को दफा ८ को उपदफा ४ र ५ एवं नेपाल नागरिकता नियमावली २०६३ को नियम ३ को उपनियम २ समेतको आधारमा राउटे जातिलाई उच्च प्राथमिकताका साथ प्रमाणपत्र वितरणको व्यवस्था मिलाउन गृह मन्त्रालयले २०७३ फाल्गुण २४ मा नै परिपत्र गरिसकेको रिटमा उल्लेख छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया