दूरसञ्चार कोषद्वारा ‘ब्रोडब्यान्ड’ उपलब्ध
काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ‘ब्रोडब्यान्ड’उपलब्ध गराइरहेको छ । हालसम्म १८ प्याकेजमार्फत ७४ जिल्लाका विभिन्न स्थानमा जडान सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ ।
सम्पन्न भएका परियोजनामध्ये हालसम्म १० परियोजनाको मनिटरिङ तथा भेरिफिकेसन सम्पन्न भइसकेको र आठ परियोजनाको तेस्रो चरणअन्तर्गतको मनिटरिङ र भेरिफिकेसन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी सो कोष परिचालन गरी सञ्चालित परियोजनाहमध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्लाहरु (काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) मा तीव्र गतिको इन्टरनेट पु-याउनेबारे ७३ गाउँपालिका/नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भइसकेका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
सरकारले भूकम्प प्रभावित आठ जिल्लाका सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, स्वास्थ्य संस्थानहरुमा क्षमता अभिवृद्धि गर्न सम्पूर्ण आधारभूत विद्यायय गरी करिब चार हजार दुई सय ५१ स्थानमा कम्तीमा २० एमबिपिएस क्षमताको ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गरी दुई वर्षसम्म महसुल बापतको रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
सोही अनुरुप हालसम्म कूल ७६ मध्ये ७३ गाउँपालिका/नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । साथै भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा २० एमबिएस क्षमताको ब्रोडब्यान्ड सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अघि बढाइएकामा हालसम्म कूल ६ सय ५६ मध्ये तीन सय २६ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
अति प्रभावित ती जिल्लाको तोकिएका स्थानमा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमअन्तर्गत हालसम्म रु चार करोड १५ लाख ३८ हजार चार सय ७९ (करबाहेक) (अग्रिम भुक्तानीसहित) भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । साथै आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यअन्तर्गत हालसम्म स्थानीय तहलाई पहिलो चरणको भुक्तानीबापत रु १२ करोड ८६ लाख ५३ हजार एक सय ८२ (करसहित) भुक्तानी गरिएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया