राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन भोलि बुझाइने
काठमाडाैं । निर्वाचन आयोगले भोलि (विहिबार ) राष्ट्रपतिलाई निर्वाचन परिणामको प्रतिवेदन बुझाउने भएको छ । प्रमुख आयुक्त दिनेश कुमार थपलियाले पत्रकार सम्मेलन मार्फत निर्वाचन परिणामको अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष भोलि पेश गर्न लागेको बताएका हुन ।
भोलि नै समानुपातिक तर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण गरिने छ । अन्तिम परिणाम घोषणासँगै नयाँ सरकार गठनको औचापरिक बाटा पनि खुल्नेछ ।
संविधानको धारा ७६ (३) मा ३० दिनभित्र नयाँ सरकार बन्नुपर्ने व्यवस्था छ । आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार अहिले कुनै दलको बहुमत नआएकाले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको गठबन्धन सरकार बन्ने देखिन्छ ।
बहुमत पुगेको कुनै पार्टीको संसदीय दलको नेताले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्नुपर्छ । राष्ट्रपतिले नियुक्त गरिसकेपछि प्रधानमन्त्रीले एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ । विश्वासको मत पाएपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया