प्रधानमन्त्री भए भ्रष्टचारीलाई कडा कारबाही गर्थे : प्रचण्ड
काठमाडाैं । देशको नेतृत्व गर्ने अवसर पाए भ्रष्टचार नियन्त्रण गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । भ्रष्टचार नियन्त्रण देशको विकासका लागि अनिवार्य सर्त भएको बताउँदै प्रचण्डले आफु प्रधानमन्त्री भए भ्रष्टचार गर्नेहरुलाई कडा कारबाही गर्ने बताए ।
पोखरास्थित महेन्द्र आधारभुत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्न पोखरा पुगेका प्रचण्डले अबको राजनीतिक बाटो कस्तो हुने भन्ने कुरामा आफु घनिभुतरुपमा गृहकार्य गरिरहेको बताए ।
राजनीतिक दललाई जनताले अन्तिम पटक अवसर र चुनौति दिएको भन्दै सुशासन र समृद्धिको दृष्टिकोणले जनतालाई केही न केही नयाँ दिनै पर्ने दवाब पुराना दलमा रहेको उनले बताएका छन् ।
प्रचण्डले भनेका छन् ‘सबै राजनीतिक दलहरुले अब आत्मसमीक्षा गर्दै आर्थिक विकासमा नयाँ क्रान्ति ल्याउन जरुरी छ, नभए राजीतिक क्रान्ति सफल हुनै सक्दैन ।’
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया