प्रधानमन्त्री भए भ्रष्टचारीलाई कडा कारबाही गर्थे : प्रचण्ड

काठमाडाैं । देशको नेतृत्व गर्ने अवसर पाए भ्रष्टचार नियन्त्रण गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । भ्रष्टचार नियन्त्रण देशको विकासका लागि अनिवार्य सर्त भएको बताउँदै प्रचण्डले आफु प्रधानमन्त्री भए भ्रष्टचार गर्नेहरुलाई कडा कारबाही गर्ने बताए ।
पोखरास्थित महेन्द्र आधारभुत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्न पोखरा पुगेका प्रचण्डले अबको राजनीतिक बाटो कस्तो हुने भन्ने कुरामा आफु घनिभुतरुपमा गृहकार्य गरिरहेको बताए ।
राजनीतिक दललाई जनताले अन्तिम पटक अवसर र चुनौति दिएको भन्दै सुशासन र समृद्धिको दृष्टिकोणले जनतालाई केही न केही नयाँ दिनै पर्ने दवाब पुराना दलमा रहेको उनले बताएका छन् ।
प्रचण्डले भनेका छन् ‘सबै राजनीतिक दलहरुले अब आत्मसमीक्षा गर्दै आर्थिक विकासमा नयाँ क्रान्ति ल्याउन जरुरी छ, नभए राजीतिक क्रान्ति सफल हुनै सक्दैन ।’
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया