NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

धनुषा ४ मा पुन: मतगणनाको माग गर्दै सर्वोच्चमा रिट

काठमाडाैं । धनुषा ४ का प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव पुनः मत गणनाको माग गर्दै सर्वोच्च पुगेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामा असहमति जनाउँदै नेता यादवले आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन । उनले रिटमा मत पुन दोहो¥याए गन्न अदालत समक्ष माग गरेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको रिटमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार तथा प्रतिनिधिसभा सदस्य रघुवीर महासेठलाई विपक्षी बनाइएको छ ।

एमाले उम्मेदवार महासेठ यादव भन्दा १ सय २४ मत बढि ल्याएर प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । महासेठले ३२ हजार २ सय ३६ मत ल्याएर विजयी भएका थिए भने यादवले ३२ हजार १ सय १२ मत ल्याएका थिए ।