NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मेयर साम्पाङ र कार्यपालिका सदस्यबीचको विवाद चुलिँदै

काठमाडाैं । स्वतन्त्रबाट निवार्चित मेयर हर्क साम्पाङ र राजनीतिक दलहरूबाट निर्वाचित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरूबीच विवाद हुँदा लगातार धरान उपमहानगरपालिकाको तेस्रो बैठक पनि स्थगित भएको छ ।

मेयरले कार्यपालिका सदस्यलाई अपमान गरेको र बोल्नबाट रोकेको आरोप लगाउँदै आज सहित गरि लगातार ३ वटा बैठक स्थगित भएको छ ।

आज विहान ८ बजेलाई बोलाइएको कार्यपालिका बैठक पनि बोलाइएको भए पनि बैठक बस्न सकेन । कार्यपालिका सदस्यहरुले मेयरले अपमान गरेकाले माफी माग्नु पर्ने माग राख्दै आएका छन् । तर यता मेयरले भने आफुले माफी माग्नु पर्ने गरी केही नभनेको जीकिर गर्दै आएका छन् ।

सामाजिक संजालमा आज एक पोष्ट गर्दै मेयर साम्पाङले कार्यपालिका बैठक स्थगित भएको बताएका थिए ।

बैठक समयमा बस्न नसक्दा नगरसभाको मिति तोक्ने, धरान डे तथा ईष्ट टुरिजम मार्ट मनाउने, बाटोको नामाकरण, ल्याव सामाग्रीको दररेट, कृषी क्षेत्र कायम गर्ने र बुहसंस्कृतिक पार्क निर्माण गर्ने विषयमा छलफल हुन नसकेको उनले सामाजिक संजालमा जनाएका छन् ।

मेयर र कार्यपालिका सदस्यबीचको विवाद चुलिदैँ जाँदा शिक्षकहरुको तलब, स्वास्थ्यकर्मीको तलब, करारमा रहेका कर्मचारीको दैनिक भत्ता जस्ता कामहरु अड्कीएका छन् ।

प्रत्येक महिनामा एक पटक बस्नै पर्ने कार्यपालिका बैठक नबस्दा मुल्यंकनको अंक समेत घट्दै गएको छ ।