NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक प्रभाकरले दिए राजीनामा

काठमाडौं । चार महिनाअघि नेपाली राष्ट्रिय क्रिकेट टिममा प्रमुख प्रशिक्षक नियुक्त भएका मनोज प्रभाकरले राजीनामा दिएका छन् ।

भारतीय पूर्वक्रिकेटर रहेका उनले बुधबारदेखि लागु हुनेगरी राजीनामा दिएका हुन् । प्रभाकरको राजीनामा स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।

एक वर्षको सम्झौता गरी साउन अन्तिम साता नेपाल आएका प्रभाकरको प्रशिक्षणमा नेपालले केन्यासँग टी–२० अन्तर्राष्ट्रिय शृंखला तथा एकदिवशीय शृंखला जितेको थियो । त्यसयता लगातारको खराव नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि उनले राजीनामा दिएका हुन् ।