राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक प्रभाकरले दिए राजीनामा
काठमाडौं । चार महिनाअघि नेपाली राष्ट्रिय क्रिकेट टिममा प्रमुख प्रशिक्षक नियुक्त भएका मनोज प्रभाकरले राजीनामा दिएका छन् ।
भारतीय पूर्वक्रिकेटर रहेका उनले बुधबारदेखि लागु हुनेगरी राजीनामा दिएका हुन् । प्रभाकरको राजीनामा स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।
एक वर्षको सम्झौता गरी साउन अन्तिम साता नेपाल आएका प्रभाकरको प्रशिक्षणमा नेपालले केन्यासँग टी–२० अन्तर्राष्ट्रिय शृंखला तथा एकदिवशीय शृंखला जितेको थियो । त्यसयता लगातारको खराव नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि उनले राजीनामा दिएका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया