चर्को व्याजदरविरुद्ध बुटवलमा नाडाको विरोध प्रदर्शन

काठमाडाैं । नाडाको लुम्बिनी प्रदेशअन्तर्गत रहेको संस्थागत सदस्य लुम्बिनी अटोमोवाइल्स एशोसिएशन नेपाले पनि बुटवलको बसपार्कमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको थियो । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले घोषणा गरेको देशव्यापी आन्दोलनअन्तर्गत त्यस एशोसिएशनले पनि प्लेकार्ड सहित विरोध प्रदर्शन गरेको हो ।
सो एशोसिएशनका अध्यक्ष गणेश भट्टराइले सरकारले कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयात खुला गरे पनि बैंकहरुको उच्च व्याज दरका कारण सवारी साधनहरुको बिक्री वितरण हुने वातावरण बन्न नसकेको दुखेसो गर्दे अझै थुप्रै जटिलताहरु रहेको धारणा राख्नु भएको थियो । यस अघि उक्त एशोसिएशनका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंक भैरहवामा ज्ञापनपत्र समेत बुझाएका थिए ।
ताजा अपडेट
-
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
-
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
-
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक बस्दै
-
आजको मौसम : ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
-
मनसुनजन्य विपद्: विगतमा के भयो, के सिकियो ?
प्रतिक्रिया