अवैधरूपमा नेपाल भित्रिएको चामल बरामद
वीरगञ्ज । भारतबाट अवैधरूपमा नेपाल भित्रिएको चामल प्रहरीले बरामद गरेको छ । वीरगञ्ज महनागरपालिका–११ रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी राखिएको चामल आज प्रहरीले बरामद गरेको हो ।
राजस्व छली भित्र्याइएको चामल रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी बिक्री वितरण हँुदै आएको पूर्वसूचनाका आधारमा चारवटा गोदाममा छापा मार्दा पाँच सयभन्दा बढी बोरा भारतीय चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।
उनले भरियाको मद्दतले राजस्व छली भित्र्याइएको चामल स्थानीय सुजित कलवार, विनोद कलवार, श्यामकिशोर वरणवाल र प्रदुमन गुप्ताको घरमा रहेको गोदामबाट बरामद गरिएको बताए ।
प्रहरीले नियन्त्रणमा लिएको गोदाममा कति बोरा चामल छ त्यसको गन्ती गर्ने कार्य भइरहेको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए । उनले घटना मुचुल्कापछि बरामद गरिएको सबै चामल जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया