मलेसियामा पहिरो, २ को मृत्यु, ५० बढी मानिस फसेको आशंका
काठमाडौं (एजेन्सी) । मलेसियामा शुक्रबार बिहान पहिरो गएको छ । घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० बढी फसेको आशंका गरिएको छ ।
रिपोर्टका अनुसार, क्वालालम्पुरको बाहिरी भागमा रहेको सेलान्गोर राज्यमा पहिरो गएको हो।
समाचार एजेन्सीले दमकल तथा उद्धार विभागलाई उद्धृत गर्दै पहिरोमा परी तीन जना घाइते भएको र ५० भन्दा बढी बेपत्ता भएको जनाएको छ । दमकल विभागका निर्देशक नोराजाम खामिसले हालसम्म ३१ जनाको उद्धार गरिएको बताए । शिविर क्षेत्रभन्दा करिब ३० मिटर उचाइबाट पहिरो गएको हो । यसबाट करिब एक एकड क्षेत्रफल प्रभावित भएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया