जिल्ला अस्पताल डोटीको सेवामा सुधार हुँदै

डोटी । जिल्ला अस्पताल डोटीले अस्पतालबाट दिने सेवालाई सुधार गर्दै लगेको छ । हिजोआज अस्पतालमा नै अक्सिजन प्लान्ट जडान गरिएको छ । बिरामीको सहजताका लागि टोकन प्रणाली लागु गरेपछि सेवाग्राहीलाई सहज पनि भएको छ ।
टिकट काउन्टरमा नाम दर्ता गरिसकेपछि सेवाग्राहीले ओ.पी.डी.मा डाक्टर भेट्न मेसिनबाट टोकन लिनु पर्छ । यसो गर्दा भिडभाड कम हुने तथा व्यवस्थित तवरले जाँच गर्न पाइएको बिरामीहरूको भनाइ छ । अस्पतालको सरसफाइ र अन्य विषय पनि विस्तारै सुधार हुँदै गएको सेवाग्राही सन्तोष नेपालीले बताए ।
हाल अस्पतालमा तीन जना एमडी र ६ जना एमबीबीएस गरि नौ जना डाक्टरले सेवा दिइरहेका छन् । अस्पतालमा दैनिक एक सयदेखि डेढ सय जनासम्म विरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालको लागि प्रदेश सरकारको लगानीमा दुई ओटा नयाँ भवन पनि निर्माण भइरहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया