राजनीतिक पृष्ठभुमि भन्दा बाहिरका व्यक्ति राष्ट्रपति मान्य नहुने : महासचिव देव गुरुङ
काठमाडाैं । राजनीतिक पृष्ठभूमि भन्दा बाहिरका व्यक्तिलाई राष्ट्रपति बनाउनेबारे सोच्न पनि नसकिने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताएका छन् ।
देशमा वैदेशिक हस्तक्षेप बढेको बेला राजनीतिक पृष्ठभुमि भन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रय आत्मसमर्पणवादी चिन्तन हुने महासचिव गुरुङले बताएका छन् ।
आज राजधानीमा आयोजीत संवाद डबलीमा आफ्ना कुरा राख्दै गुरुङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा राजनीतिक प्रणालि भन्दा बाहिरको भन्दै त्यो तर्क मान्य नहुने कुरामा जोड दिए ।
अब बन्ने सरकारको नेतृत्व आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा हुने दावी गर्दै महासचीव गुरुङले माओवादीको विचारले मुलुकलाई नेतृत्व गरेको हुनाले दाहाल नेतृत्वमा सरकार बन्नु स्वभाविक हुने दावी गरे ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया