NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

भारतीय ट्रकको मनपरी ढुवानी रोक्न माग

काठमाडाैं । तोकेको भन्दा तेब्बर तौल बोकेर देशभर ढुवानी गरेको भन्दै भारतीय ट्रकको मनपरि रोक्न ट्रक व्यवसायीको संस्थाले माग गरेको छ । रुपन्देहीको बेलहिया नाकामा प्रदर्शन गर्दै नेपाली ट्रक व्यवसायीहरूले सरकारसँग यस्ताे माग गरेका हुन् ।

कानुन विपरीत भारतीय ट्रकले गरिरहेको अधिक भार बहनले नेपाली व्यवसायी मर्कामा परेको भन्दै यसलाई नियन्त्रणमा लिन उनीहरुले सरकारलाई दबाब दिएका छन् ।

ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशको आयोजनामा भएको विरोध प्रदर्शनमा ट्रकले भन्सार बिन्दुसम्म ओसारेको समान नेपली ट्रकले ढुवानी गर्न पाउने खालको व्यवस्था मिलाउन पनि माग गरेको छ ।

उनिहरुले भन्सार कार्यालयमा समेत ज्ञापन पत्र बुझाएका छन् ।