NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाउँदै सर्वोच्चमा १३ वटा मुद्दा दायर

काठमाडाैं । मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाम निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा १३ वटा मुद्दा दायर भएको छ ।

आजसम्म अदालतको संवैधानिक इजलास फाँटमामा चुनावसँग सम्बन्धी १३ वटा मुद्दा दर्ता भएको जनाएको हो । सर्वोच्च प्रशासनका अनुसार अधिकांश मुद्दा कम मतान्तरले चुनावमा पराजय बेहाेरेकाहरूले दायर गरेका छन् ।

संविधानको धारा १३७ (२) ‘ख’ ले प्रतिनिधिसभा र प्रदेशसभासँग सम्बन्धित विवाद र उम्मेदवारका अयोग्यताबारे सुनुवाइ गर्ने दायित्व संवैधानिक इजलासलाई दिएको छ । दायर भएका मुद्दामध्ये २ वटा उम्मेदवारको अयोग्यतासँग सम्बन्धित छन् भने १० वटा चुनावी परिणामसँग जोडिएका छन् ।
एउटा मुद्दा भने समानुपातिक निर्वाचन प्रणालीमा मत खेर जाने गरी बनाएको कानुन संविधानविपरीत रहेको भन्दै परेको छ । आठवटा रिट प्रतिनिधिसभासँग सम्बन्धित छन् भने चारवटा प्रदेशसभाको चुनावसँग सम्बन्धीत रहेको सर्वोच्चले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष