माल्दिभ्समा आगलागी, ७० भन्दा बढी घाइते
कोलम्बो । माल्दिभ्सको औद्योगिक टापुको गुलिफाल्हुको एक आवासीय भवनमा शुक्रबार आगलागी हुँदा ७० जनाभन्दा बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
‘माल्दिभ्सको नेसनल डिफेन्स फोर्स (एमएनडीएफ)’ लाई आगलागीबारे जानकारी गराइएको र अग्नि नियन्त्रकलाई तत्काल घटनास्थलमा पठाइएको स्थानीय सञ्चारमाध्यमले प्रहरी प्रवक्तालाई उद्धृत गर्दै समाचारमा जनाएका छन् ।
प्रहरीका अनुसार ७६ जना घाइते भएका छन् भने छ जना गम्भीर घाइते भएका छन् । आगलागीको कारण खुल्न नसकेको बताइएकोे छ । घटनाको अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी जनाएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया