माल्दिभ्समा आगलागी, ७० भन्दा बढी घाइते
कोलम्बो । माल्दिभ्सको औद्योगिक टापुको गुलिफाल्हुको एक आवासीय भवनमा शुक्रबार आगलागी हुँदा ७० जनाभन्दा बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
‘माल्दिभ्सको नेसनल डिफेन्स फोर्स (एमएनडीएफ)’ लाई आगलागीबारे जानकारी गराइएको र अग्नि नियन्त्रकलाई तत्काल घटनास्थलमा पठाइएको स्थानीय सञ्चारमाध्यमले प्रहरी प्रवक्तालाई उद्धृत गर्दै समाचारमा जनाएका छन् ।
प्रहरीका अनुसार ७६ जना घाइते भएका छन् भने छ जना गम्भीर घाइते भएका छन् । आगलागीको कारण खुल्न नसकेको बताइएकोे छ । घटनाको अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी जनाएका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया