NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

विश्वकप फुटबल : यी हुन् आजका प्लेयर्स टु वाच

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै छन् ।

विश्वकपमा सनसनीपूर्ण जित निकालेका क्रोएसिया र मोरक्को सेमिफाइनलमा क्रमशः अर्जेन्टिना र फ्रान्ससँग पराजित बनेका थिए ।

फाइनलको लक्ष्य बनाएर मैदानमा उत्रिएका दुवै टिम यस पटक अभागी रहे । उस्तै नियति झेलेका क्रोएसिया र मोरक्को आज तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछन् ।

यी दुवै टिम उत्कृष्ट खेलाडीले भरिएका छन् । यीमध्ये दुई खेलाडीमा आज दर्शकको नजर सोझिने छ । तीमध्ये एक क्रोएसियाका लुका मोड्रिक हुन् भने अर्का मोरक्कोका हाकिम जिएच ।

लुका मोड्रिक क्रोएसियाका कप्तान हुन् । क्रोएसियाले लगातार दोस्रो पटक सेमिफाइनलको यात्रा तय गर्दा उनको प्रदर्शन एकनासको रह्यो । जारी विश्वकपमा उनले गोलको खाता खोल्न त सकेका छैनन् तर विपक्षीमाथि निरन्तर चुनौती बनिरहेका छन् । काउन्टर अट्याकमा होस् वा बक्स टु बक्स खेल्दै उनले टोलीलाई सहज अवस्थामा पुर्याएका थिए ।

स्पेनिस क्लब रियल म्याड्रिडका ३७ वर्षीय मिडफिल्डर मोड्रिक विश्व फुटबलको लिजेन्डसमेत हुन् ।

उत्तर अफ्रिकन राष्ट्र मोरक्को विश्वकपको फाइनलमा पुग्न एक खुड्किलोले चुक्यो । मोरक्कोले सेमिफाइनलसम्मको यात्रा तय गर्दा एक खेलाडीको प्रदर्शन निकै सशक्त रह्यो । उनी हुन्, स्ट्राइकर हाकिम जिएच ।

कुनै समय सन्न्यास घोषणा गरे पनि विश्वकपमा लागि हाकिम टोलीमा फर्किएका थिए । चेल्सीमा आबद्ध उनले जारी विश्वकपमा एक गोल गरेका छन् ।

मोरक्कोका लागि ४९ खेल खेलेका उनले १९ गोल गरिसकेका छन् ।