संसदीय दलको निर्वाचन तयारीका लागि कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
काठमाडौं । संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायत विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
आइतबार दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरेका छन् ।
मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कांग्रेस पहिलो दल भएको छ । प्रतिनिधिसभामा उसले ८९ सिट जितेको छ । कांग्रेस नेतृत्वको गठबन्धनले १३६ सिट जितेको छ ।
गठबन्धनको सहयोगमा सरकार गठनको तयारी गरिरहेका प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई पार्टीभित्रै महामन्त्री गगन थापा, नेता रामचन्द्र पौडेल र डा. शेखर कोइरालाले चुनौती दिएका छन् । संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले दलको नेताको निर्वाचनमा कांग्रेस जुटेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया