NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

गैरआवासी नेपाली राजदूत पदमा कान्ता नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई गैरआवासीय राजदूतमा नियुक्त गरेकाे राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।