एउटा प्रतिनिधि सभाको बिजनेस अर्को प्रतिनिधि सभामा जाँदैन : महासचिव गौतम
संघीय संसदका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पेश गरेका छन् ।
आइतबार संवैधानिक इजलासमा लिखत जवाफ पठाउँदै प्रतिनिधि सभाको कार्यकाल सकिएपछि अन्य बिजनेससँगै महाभियोग प्रस्ताव पनि निष्प्रभावी हुने दावी गरेका छन् । विधेयक नै निष्क्रिय हुने भएकाले प्रतिनिधि सभाका अरु बिजनेस सँग यो प्रस्ताव पनि अर्को प्रतिनिधि सभामा नजाने उनले दावी गरेका छन् ।
पुर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिए सँगै गौतम विवादमा तानिएका थिए ।
विवादमा परेका गौतमलाई सर्वोच्च अदालतको फुल कोर्ट र संवैधानीक इजलासले राणालाई निलम्बन फुकुवाको पत्र दिनुको कारणको जवाफ माग गरेको थियो । सोही कारणको आज इजलासमा लिखित जवाफ दिदैँ गौतमले यस्तो बताएका हुन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया