एउटा प्रतिनिधि सभाको बिजनेस अर्को प्रतिनिधि सभामा जाँदैन : महासचिव गौतम

संघीय संसदका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पेश गरेका छन् ।
आइतबार संवैधानिक इजलासमा लिखत जवाफ पठाउँदै प्रतिनिधि सभाको कार्यकाल सकिएपछि अन्य बिजनेससँगै महाभियोग प्रस्ताव पनि निष्प्रभावी हुने दावी गरेका छन् । विधेयक नै निष्क्रिय हुने भएकाले प्रतिनिधि सभाका अरु बिजनेस सँग यो प्रस्ताव पनि अर्को प्रतिनिधि सभामा नजाने उनले दावी गरेका छन् ।
पुर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिए सँगै गौतम विवादमा तानिएका थिए ।
विवादमा परेका गौतमलाई सर्वोच्च अदालतको फुल कोर्ट र संवैधानीक इजलासले राणालाई निलम्बन फुकुवाको पत्र दिनुको कारणको जवाफ माग गरेको थियो । सोही कारणको आज इजलासमा लिखित जवाफ दिदैँ गौतमले यस्तो बताएका हुन ।
ताजा अपडेट
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
-
नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक
प्रतिक्रिया