NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सरकार गठनका लागि राष्ट्रपतिद्वारा दलहरूलाई सात दिनकाे समय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार गठनका लागि सात दिनको समय दिएकी छिन् ।

आइतबार उनले संविधानको धारा ७६ (१) बमोजिम बहुमतको सकार बन्न नसक्ने देखिएकाले उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्न पुस १० गते सम्मको समय दिएको राष्ट्रपति कार्यालयबाट जारी गरेको विज्ञप्तिमा उल्लेखछ ।