आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्व आफैले गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।
निर्वाचनमा प्राप्त जनादेशले कांग्रेसलाई ठूलो दल बनाएर पठाएकाले कांग्रेसले सरकारको नेतृत्व दाबी गर्नु स्वभाविक भएका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । गठबन्धनकै समर्थनमा कांग्रेसले सरकार गठन गर्ने महतले दाबी गरे ।
‘गठबन्धनको सरकारलाई निरन्तरता दिन हाम्रो लक्ष्य हो । यसअनुसार गठबन्धनको नेतृत्वसँग छलफल हुन्छ, अन्य दलहरुसँग पनि परामर्श हुन्छ’, उनले भने ।
त्यस्तै उनले सत्ताघटक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री दाबी गर्नु स्वभाविक भएको बताए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले भने, ‘प्रचण्डजीले पहिलो चरणमा प्रधानमन्त्री बन्ने इच्छा राख्नु भएको छ, त्यो स्वभाविक हो । सरकार गठबन्का लागि गठबन्धन र बाहिर पनि छलफल हुन्छ’, उनले भने ।
यसैगरी संसदीय दलको निर्वाचनका लागि कांग्रेसले सहमहामन्त्री भीष्मराज आङदाम्बेको नेतृत्वमो तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य पुष्प भुसाल र प्रकाश रसाइली रहेका छन् । उनले संसदीय दलको निर्वाचन मंगलबार वा बुधबार हुने जानकारी दिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया