एलजीका विभिन्न उपकरणहरुको उपयोगितबारे जानकारी दिन ‘एयर सोलुसन्स सम्मेलन’

काठमाडाैं । एलजीले एयर सोलुसन्स सम्मेलन समापन गरेको छ । गत शुक्रबार होटल एलफ्टमा सम्मेलन समापन गरेको हो । सम्मेलनमा विभिन्न क्षेत्रबाट सम्मानित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यस क्षेत्रका सम्बन्धित व्यवसायमा रहेकाहरूलाई एलजीका विभिन्न उपकरणहरुको बारेमा जानकारी गराउने उद्देश्यका साथ यो सम्मेलन गरिएको थियो ।
यो सम्मेलन दुई सत्रमा विभिजित रहेको थियो । जसअन्तर्गत पहिलो सत्रमा एलजी इलेक्ट्रोनिक्सका प्रतिनिधि सियोन चोई, जेसन पोक र जुनो लिम ले एलजी ऐयर सोलुसन्सका विभिन्न उपकरणहरुको प्रस्तुति दिएका थिए । साथै सिजी इलेकट्रोनिक्सका विवेक ज्ञवालीले एलजी ऐयर सोलुसन्सको नेपालमा पदचिन्ह र भावी योजनाको बारेमा प्रस्तुति गरेका थिए । यस कार्यक्रमको मुख्य LG Business Solutions अन्तर्गत Multi VRF, Air Purifier, Dehumidifier, Round Cassette AC, Interactive Display, Digital Signage आर्कषण थिए ।
सम्मेलनको दोस्रो सत्रमा ‘ऊर्जा दक्षतामा प्रविधिको भुमिकाु शिर्षकमा यस क्षेत्रका विभिन्न विशेषज्ञ माझ छलफल गरिएको थियो । उक्त सत्रमा चौधरी ग्रुपमा म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरी, एचभिएसी कन्सल्टेन्ट रविन्द्र नाथ भट्टराई, अल्र्टनेटिभ इनर्जी प्रोमोसन् सेन्टर का सहायक डाईरेक्टर सुश्री शुभलक्ष्मी श्रेष्ठ, अरवन प्लानर अर्किटेक्ट श्री विभुतीमान सिंह, एल.जी. कोरियाका सियोन चोई र काठमाडौ युनिर्भसिटीका सहायक प्रोफ्रेसर निरन्जन बास्टाकोटीले उक्त छलफलमा आ–आफ्नो अभिव्यक्ती राखेका थिए ।
चौधरी ग्रुपले एलजीसँग तीन दशक भन्दा बढी व्यवसायिक सहकार्य गर्दै आईरहेको छ । साथै विशेष रुपमा ऐयर सोलुसन्स व्यवसाय विगत एक दशकभन्दा बढी देखी पनि गर्दै आइरहेको जानकारी रहेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया