धरानका मेयर हर्कले मागे माफी
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले अन्ततः दलित समुदायसमक्ष माफी मागेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो समुदायलाई होच्याएको भन्दै दलित समुदायले आपत्ति जनाएपछि राईले माफी मागेका हुन् ।
मेयर राईले गत बुधबार आफ्नो फेसबुक पेजमार्फत ‘चमारे’ शब्द प्रयोग गरेर स्ट्याट्स लेखेका थिए । जसबारे तीव्र आलोचना भए पनि सुरुवातमा भने उनले त्यस अभिव्यक्तिप्रति माफी माग्न अस्वीकार गरेका थिए । तर चौतर्फी आलोचनापछि राई आफ्नो पूर्व अभिव्यक्ति सच्याएर माफी माग्न बाध्य भएका छन् ।
‘मैले पोस्ट गरेको स्ट्याट्समा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ,’ सामाजिक सञ्जालमा उनले आइतबार लेखेका छन्, ‘यसका लागि म क्षमा प्रार्थी छु।’
समानता, न्यायका लागि निरन्तर आफूले विकृति, विसंगति, अन्याय, अत्याचार र शोषणविरुद्ध अभियान चलाएको आफ्नो इतिहास पनि स्मरण गराएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया