चर्दीखोलामा मोटरेवल पुल बन्दै
लमजुङ । जिल्लाको मध्यनेपाल नगरपालिकाको लगानीमा निर्माणाधीन चर्दीखोला मोटरेवल पुल निर्माण भइरहेको छ । नगरपालिको वडा नं ३ सूर्यपाल र ४ रम्घाको चर्दीबजार जोड्ने चर्दीखोला पुल निर्माण थालिएको हो ।
कुन्छा–सोतीपसल–दुईपिप्ले सडकखण्ड अन्तर्गत निर्माणधिन पुलको काम १५ प्रतिशत सम्पन्न भएको नगरपालिकाका इञ्जिनीयर उत्तम सुवेदीले बताए ।
उनका अनुसार हालसम्म सूर्यपालतर्फको एउटा पिल्लर उठाएको छ भने अर्को पिल्लरको काम, र मेसिनरी वालको काम यतिबेला भइरहेको छ । पुल आगामी असार महिनाभित्रमा सम्पन्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार रु तीन करोड ७५ लाखको लागत अनुमान रहेकोमा उक्त पुलनिर्माण व्यवसायीले भ्याटसहित रु दुई करोड ५० लाखमा निर्माण गर्ने सम्झौता गरेको छ । पुल नहुँदा वर्षायाममा सवारी साधनदेखि स्थानीयलाई आवतजावत गर्न समस्या हुँदै आएको छ । पुल निर्माण पश्चात् तनहुँ, पोखरा, काठमाडाैं लगायतका स्थानमा आवतजावतमा सहज हुने नगरप्रमुख रमेशकुमार पाण्डेले बताए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया