NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने  

काठमाडाैं । आगामी फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले आज गरेको जलपान कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यसबारे जानकारी गराएका हुन ।

सो अवसरमा थपलियाले निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी ऐन बनाउन त्यसको मस्यौदा तयार गरिएको र अबको संसद बैठक बसेपछि ऐन बनाउने काम हुने उल्लेख गरे ।

उनले यस वर्ष भएको ३ तहको निर्वाचनमा महिला सहभागिता अन्तर्गत स्थानीय तहमा ४१ प्रतिशत, प्रदेश तहमा ३६ प्रतिशत र प्रतिनिधि सभामा ३३ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भएपनि सो संख्या पर्याप्त नभएको धारणा राखे ।