चिकित्सकहरूलाई चुनावी रन्को, आज उम्मेदवारी दर्ता
काठमाडौं । बिरामीको सेवामा सधैँ तत्पर रहने चिकित्सकलाई यतिबेला चुनावी रन्को लागेको छ । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता भएको छ । आज विभिन्न पदमा ४१ जनाको उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानामगरले जानकारी दिए।
उनका अनुसार अध्यक्षमा डा सन्तोष पौडेल, डा शिवजीविक्रम सिलवाल र डा अनिलविक्रम कार्की तथा महासचिवमा डा सञ्जीव तिवारी, डा रक्षा श्रेष्ठ र डा अमृत भुसालको उम्मेदवारी परेको छ ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक एक जनाको दरले सातजना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र छजना सदस्य गरी १९ जनाको पदाधिकारीको निर्वाचन हुँदैछ । त्यसैगरी सङ्घ परिषद् सदस्य ६० जनाको समेत निर्वाचन हुँदैछ ।
उनका अनुसार वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सहसचिव र सहकोषाध्यक्षमा एकजना मात्र उम्मेदवारको मनोनयन परेको छ ।
उपत्यकाबाहिर माघ ६ र ७ गते र काठमाडौँ उपत्यकामा माघ १९, २० र २१ गते निर्वाचन हुँदैछ । चिकित्सकको समय व्यवस्थापन गर्नका लागि उपत्यकाबाहिर दुई दिन र उपत्यकामा तीन दिन निर्वाचनको मिति तय गरिएको उनले बताउनुभयो ।
निर्वाचनमा मतदाता १२ हजार आठ सय ३४ जना रहनुभएको थियो । उपत्यकाबाहिर मतपत्र र उपत्यकामा विद्युतीय मतदान गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत डा रानामगरले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया